देउवाको कुनै दोष छैन, बालकोटको बाटो देखाउने प्रचण्ड नै हुन् : शान्ती बि.क

काठमाडौं । नेपाली काँग्रेसकी सांसद शान्ती बि.कले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएकी छन् ।
सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद वि.कले यस्तो चेतावनी दिएकी थिइन् ।
उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको बचनमा पूर्णरुपमा प्रतिवद्ध र स्पष्टता, छलकपट नगर्ने,आफ्नो बचनको महत्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्ति भएको बताइन् ।
उनले काँगे्रस सभापति देउवाको इमान्दारितालाई प्रधानमन्त्री दाहालले कमजोरी ठान्नु गलत भएको बताइन् ।
‘२६ वर्षदेखि मैले चिनेको दलको नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको वचनमापूर्ण रुपमा प्रतिवद्ध र स्पष्टता छलकपट नगर्ने,आफ्नो वचनको महत्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्तिको रुपमा चिनेको छु । मलाई यो नाम माथि गर्व छ,’उनले भनिन्,‘यही इमान्दारितालाई प्रधानमन्त्री पुष्पकमल दाहालले कमजोरी ठान्नुभयो । तर उहाँले बालकोटको बाटो देखाउने तपाईं नै हो । यसमा दलको नेताको कुनै दोष छैन । तपाई बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालकोट जान नपाउने हो ?’
उनले सत्ताको लागि सबैभन्दा पहिला बालकोटको बाटो देखाउने प्रधानमन्त्री प्रचण्ड नै भएको भन्दै देउवाको कुनै दोष नभएको बताइन् ।
उनले प्रधानमन्त्री दाहाल बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालनकोट जान नपाउने हो ? भन्दै प्रश्न गरन् ।
उनले गृहमन्त्रालय एक्सनमा उत्रिएर ठूला दल डराएर एक ठाउँमा आए भन्दै गर्दा २०८० फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन कसले रोक्यो ? भन्दै प्रश्न गरिन् ।
उनले सहकारीको अर्बौं रकम हिनामिना काण्डमा मुछिएर हालत खराब भएका गृहमन्त्रीले गृहमन्त्रालय फाइल खोल्ने सिरिज जनताकोबीचमा रिलिज हुँदैन भन्ने कुरा अवगत भएको बताइन् ।
उनले भनिन्– ‘गृहमन्त्रालय एक्सनमा उत्रिएर ठूला दल डराएर एक ठाउँमा आए भन्दै गर्दा २०८० फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले ? सहकारीको अबौं हिनामिना काण्डले आफ्नै धोती खुस्किएर गृहमन्त्रालय फाइल खोल्ने सिरिज जनताकोबीचमा रिलिज हुँदैन भन्ने कुरा अवगत रहोस् ।’








