बाग्मतीमा फसेका ३ जनाको उद्धार
२०८१ असार २२ गते

सशस्त्र प्रहरी बल नेपालले वाग्मती नदीमा फसेका तीन जनाको उद्धार गरेको छ ।
कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै वाग्मती नदीमा फसेका मकवानपुरका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामाको सशस्त्र प्रहरी बल नेपालको गोताखोरले सकुशल उद्धार गरेको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार गण सिनामङ्गलबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पाँच जना गोताखोरसहित १५ जना र नं १८ निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोलीले उनीहरूको उद्धार गरेको थापाले बताए ।
२०८१ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








