गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार
२०८१ असार २२ गते

गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ ।
घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र –३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । उनले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताए ।
२०८१ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








