प्रचण्डलाई बाबुराम भने- सबैलाई सधैँभरी ठग्न सकिन्न

२०८१ असार १८ गते

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेसपाका अध्यक्ष नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत घुमाउरो तरिकाले सबैलाई सधैँभरी ठग्न नसकिने टिप्पणी गरेका हुन् ।
सत्ता फेरिएको कुरामा प्रचण्डलाई घुमाउरो प्रहार गर्दै भट्टराईले भनेका छन, ‘चर्चित भनाइ छ- केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं !’
चर्चित भनाइ छ – ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ; सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’
सन्दर्भ बुझौं !— Baburam Bhattarai (@brb1954) July 2, 2024

२०८१ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित