सांसद गुरुङको निलम्बन खारेजको फैसला पुनरावलोकन गर्न अख्तियारको निवेदन
२०८१ असार १७ गते

नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने आदेश पुर्नरावलोकन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ।
सर्वोच्च अदालतले सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएपछि उनी संसद पुगेका छन्। त्यस निर्णयमा पुर्नरावलोकन गर्न अख्तियारले सर्वोच्चमै निवेदन दिएको हो।
सर्वोच्चको निलम्बन फुकुवाको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश पनि अख्तियारको निवेदनमा माग गरिएको छ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न यसअघि न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले आदेश गरेको थियो।
उक्त आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै अख्तियारले कार्यान्वयन नगर्न आदेश माग गरेको हो।
२०८१ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








