यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : ओली (भिडिओ)
२०८१ असार १७ गते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् ।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो प्रतिक्रिया दिएका हुन् । सञ्चारकर्मीहरुले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले आफूलाई त्यस्तो नलागेको बताए ।
उनले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको प्रतिक्रिया दिए ।
उनले भने– ‘त्यस्तो त लाग्दैन मलाई । यो वर्ष बनिन्छ जस्तो लाग्दैन ।’
देश जनताले तपाईंलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेका छन् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले राम्रो कुरा भएको संक्षिप्त प्रतिक्रिया दिए ।
२०८१ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








