सरकार फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन (भिडिओ)

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताएका छन् ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।

उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरू हल्ला मात्रै भएको बताए । उनले आफूले दुई जना नेताहरूसँग कुराकानी गरेको भन्दै आफूले त्यस्तो छनक नपाएको बताए ।

उनले भने – ‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन । मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो । कहिलेकाहीँ विभिन्न प्रक्रियाहरूमा केही असमझदारी हुँदाखेरि भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन ।’

गृहमन्त्री लामिछानेले शीर्ष नेताहरू बीचको भेटघाट सामान्य भेटघाटको रुपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 16 =