आकस्मिक समय

बलात्कार घटनाका अपराधीलाई कारबाही गर्न सरकारसंग माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य शान्ति बि.क.ले बलात्कार घटनाका अपराधीलाई कठोर कानूनी कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

सोमवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य बि.क.ले खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १२ को एक विद्यालयमा शिक्षकले नाबालिकालाई बलात्कार गरेको भन्दै कडा कारबाही गर्न माग गरेकी हुन् ।

उनले विद्यालय जस्तो पवित्र स्थलमा समेत बालिकाहरु सुरक्षित हुन नसकेका भन्दै कडा कानूनी व्यवस्था गर्नुपर्ने बताइन् । उनले पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घट्ना नदोहोरिनका लागि सरकारले कडा कदम चाल्नुपर्ने बताइन् ।

यस्तै, प्रतिनिधि सभा सदस्य विनिता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदंगा गरेर अशान्ती मच्चाएका भन्दै कानूनी दायरामा ल्याउन माग गरिन् ।

प्रतिष्ठान घेराउ गर्ने तथा अमर्यादित काम गर्ने गरिएको भन्दै काँग्रेस नेताहरुकै संलग्नतामा अस्पतालको भविष्य धरापमा पारिएको बताइन् ।

‘युवा र विद्यार्थी देखाएर स्वयं कांग्रेस पार्टीका जुम्ला जिल्ला सचिवको नेतृत्वमा गएको टोलीले प्रतिष्ठानको शान्त वातावरण धमिल्याउन खोज्नु र अशान्ति मच्चाउनु कानुन विपरित कदम हो,’उनले भनिन,‘यसलाई तत्काल कानूनी दायरामा ल्याउन र सेवामा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीहरुको सुरक्षा प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले स्वास्थ्यकर्मी र कर्मचारीहरुको सुरक्षा प्रत्याभुति गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *