निकुञ्जका कर्मचारी मृत भेटिए
२०८१ असार १६ गते

सङ्खुवासभा । मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् ।
सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथ प्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आज मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
उनलाई निकुञ्ज कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
कार्की शनिबार साँझ निकुञ्ज कार्यालयबाट बाहिर निस्किएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८१ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








