रास्वपाले सोध्यो महामन्त्री मुकुल ढकाललाई स्पष्टिकरण
२०८१ असार १४ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा। मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।
ढकालले प्रतिवेदन पार्टी सभापतिलाई बुझाउनु पहिले नै लिक गरेको भन्दै स्पष्टिकरण सोधिएको रास्वपाका एक पदाधिकारीले जानकारी दिए।
शुक्रबार साँझ रास्वपाको अनुशासन आयोगले उनलाई यसको कारण सोध्दै पत्र पठाएको हो।
पार्टीको आन्तरिक विषयमा बनाइएको प्रतिवेदन कसरी र के उदेश्यले बाहिर सार्वजनिक गरिएको हो भन्दै रास्वपाले सोधेको हो।
महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदन र त्यसपछिका अभिव्यक्तिका कारण रास्वपा तरंगित भएको छ।
रास्वपाले प्रतिवेदनका विषयमा छलफल गर्न आगामी बुधबार केन्द्रीय कमिटिको बैठक बोलाएको छ। तर बैठक अघि नै प्रंतिवेदन तयार गर्ने ढकाललाई स्पष्टिकरण सोधिएको हो।
२०८१ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित








