टेरामक्स प्रविधिले २५ अर्ब घोटाला रोकेको छ, मलाई अनावश्यक आरोप लाग्यो : मोहन बस्नेत

काठमाडौं । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताए ।

उनले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताए । उनले कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको बताए ।

‘टेरामक्स एउटा यस्तो विधि हो, जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भिओआइपी प्रकरणलाई नियन्त्रण गर्छ, संसारभरी यही विधिले नियन्त्रण गरेको छ र ठगि गर्ने धन्दा भएको छैन । नेपालमात्रै एउटा यस्तो देश हो जहाँ कल बाइपास गरेर वर्षको २५ अर्ब भन्दा बढी राजश्व घोटाला नेपालमा भएको छ,’ उनले भने,‘यदि यो टेरामक्स भन्ने विधि कल बाइपास गरेर खाने भिओआईपी प्रकरणलाई रोक्ने विधि होइन भने विधि के हो त ? संसारभरी विधि हुने यहाँचाहीँ विधि नहुने के हो त ? मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ । २५ अर्ब बार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने, थेग्ने अथवा डाइर्भट गर्न खोजेको हो यो भविष्यले बताउला । टेरामक्स नेपालमा अर्बौ रुपैयाँ राजश्व जोगाउने मन्त्र हो । फर्मुला हो । यो नभएसम्म कल बाइपास गरेर खाने काम भइरहन्छ ।’

उनले आफूले आँट गरेर सो विधिको शुरुवात गरेको बताए । उनले आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने बताए ।

सांसद बस्नेतले एनसेल कालोबजारी गर्ने ठूलो संस्था भएको पनि बताए ।

उनले भने– ‘टेरामक्समा ३ जना सांसदहरुको नाम मुछिएको छ । यसको बारेमा कुरा उठाउने गरेका छन् बेलाबेलामा । एकदम कलिला, कलिला ओठ निचरे दुध आउने माननीयज्युहरुदेखि लिएर दाह्री जुँगा फुलेकासम्म सबैले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =