सांसद गैरेको आरोप- ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहहरूले कानुनको उल्लंघन गरे’

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा स्थानीय तहहरूले संविधान र कानुनको उल्लंघन गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गैरेले संविधानले दिएको अधिकार र पालना गर्नुपर्ने कानुनलाई स्थानीय तहहरूले कार्यान्वयन गर्न नसकेको बताएका हुन् । उनले आगामी आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा संघीय सरकार प्रतिनिधि सभा,प्रदेश सरकार प्रदेश सभा र स्थानीय तहहरूमा संविधानको परिपालना नगरेको बताए ।

उनले प्रदेश सभा र स्थानीय तहहरूमा नीति निर्माण, बजेट निर्माणमा असङ्गति र अराजकता बढेको भन्दै सरकारको ध्यान जान जरुरी रहेको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा लामो छलफल गरी विगतको परम्परालाई निरन्तरता जस्तै गरी बजेट पारित भएको बताए । उनले प्रदेशहरूमा प्रस्तुत भएर बजेट छलफलमा देखिएका विभिन्न परिस्थिति हेर्दा विडम्बनापूर्ण अवस्था रहेको बताए ।

उनले स्थानीय तहहरूले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था भएपनि ४३ स्थानीय तहमा बजेट पेस हुन नसक्नु राम्रो पक्ष नभएको बताए । उनले कतिपय स्थानीय तहहरूमा कुर्सी तोडफोड गर्ने अराजकता व्यवहार भएको भन्दै संघीयता कार्यान्वयनमा समस्या देखिएको बताए । उनले पुँजीगत खर्चमा भएको क्षमता,बजेटमा छनोटको प्राथमिकता र कार्यान्वयनको प्रक्रियामा परम्परागत नै भएको बताए ।

उनले भने ‘आगामी आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा संघीय सरकार प्रतिनिधि सभा,प्रदेश सरकार प्रदेश सभा र स्थानीय तहहरूमा देखापरेको संविधानको कार्यान्वयन र नीति निर्माणको क्षेत्रमा बजेट निर्माणमा देखापरेको असङ्गति र अराजकता छन् । त्यसको समाधान तर्फ सरकारको ध्यान जान जरुरी छ । आगामी आर्थिक वर्षको बजेटमा लामो छलफल गरी विगतको परम्परालाई निरन्तरता जस्तै गरी बजेट पारित गरौं । प्रदेशहरूमा प्रस्तुत भएर बजेट छलफलमा देखिएका विभिन्न परिस्थिति हेर्दा विडम्बनापूर्ण अवस्था छ । स्थानीय तहहरूले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि ४३ स्थानीय तहमा बजेट पेस हुन सकेन । कतिपय स्थानीय तहहरूमा कुर्सी तोडफोड गर्ने अराजकता व्यवहार देखिए । विगतमा हामीले पुँजीगत खर्चमा भएको क्षमता,बजेटमा छनोटको प्राथमिकता र कार्यान्वयनको प्रक्रियामा जे देखिरहेका छौं । केन्द्र,प्रदेश र स्थानीय तहहरूले कानुन,संविधानको पालना,कार्यान्वयन गर्ने क्षमतामा र संघीय प्रणालीको आचरण व्यवहार,मूल्य मान्यतामा र देश र जनताको हितको पक्षमा जुन प्रकारका असङ्गती देखा परेका छन् । त्यसको समाधानको लागि सरकारले एक पटक नयाँ ढङ्गको बहसको आवश्यकता रहेको छ । कानुनी व्यवस्था अनुसार बजेट ल्याउनुपर्ने भएपनि स्थानीय तहहरूले कानुनको उल्लङ्घन गरे ।’

उनले केन्द्र, प्रदेश र स्थानीय तहहरूले कानुन, संविधानको पालना, कार्यान्वयन गर्ने क्षमतामा र संघीय प्रणालीको आचरण व्यवहार, मूल्य मान्यतामा र देश र जनताको हितको पक्षमा जुन प्रकारका असङ्गति देखापरेको बताए । उनले त्यसको समाधानको लागि सरकारले एक पटक नयाँ ढङ्गको बहसको आवश्यकता रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + four =