केहीबेरमा एसईईको नतिजा आउँदै, यसरी हेर्न सकिन्छ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले केहीबेरमा एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । यतिबेला राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको हो ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नतिजा प्रकाशनका लागि बोर्डले उत्तरपुस्तिकाको अंक रुजु गर्ने कार्यसमेत सम्पन्न गरिसकेको छ । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसइईमा ५ लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए ।

यस वर्षबाट नयाँ पाठ्यक्रमका आधारमा परीक्षा लिएकाले सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङमा पर्नेछन् । नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक एसइई परीक्षा दिएका विद्यार्थीको भने लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ  ।

नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसएमएस सर्टकोडको व्यवस्था गरेको छ ।

यसरी हेर्न सकिन्छ एसइईको नतिजा :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =