घरभित्र सुतेका नन्द-भाउजुको चट्याङ लागेर मृत्यु

२०८१ असार १२ गते

काठमाडौं । रोल्पामा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । बिहान चट्याङ पर्दा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-३ का दुई महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहरी-३ बाहिरीगामस्थित दाङ्जा गाउँका २२ वर्षीया जैता घर्ती मगर र १४ वर्षीया गोमाला घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीले चट्याङ पर्दा एउटै घरभित्र सुतेका नन्द भाउजु नाता पर्ने दुई महिलाको मृत्यु भएको जनाएको छ ।

२०८१ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित