करेन्ट लागेका साथीलाई बचाउन जाँदा बिमलको मृत्यु

काठमाडौं । अछाममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ का १५ वर्षीय बिमल विकको मंगलबार मृत्यु भएको हो ।

घरबाट बासकेडातर्फ जाने क्रममा सडकमा खसेको बिजुलीको तारबाट उनलाई करेन्ट लागेको अछाम प्रहरीले जनाएको छ ।

अर्का १४ वर्षीय झंकर विकलाई करेन्ट लागेको र उनलाई बचाउने क्रममा करेन्ट लागेर बिमलको घटनास्थलमै मृत्यु भएको हो ।

साथै घाइते भएका झंकरलाई उपचारको लागि जिल्ला अस्पताल अछाम मङ्गलसेन पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =