चलिरहेको टेबुल पंखाले लागेर लामिछानेको मृत्यु
२०८१ असार ११ गते

काठमाडौं । कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खस्दा मृत्यु भएको हो ।
पंखा खसेपछि उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
२०८१ असार ११ गते
प्रतिक्रिया
सम्बन्धित








