पौडी खेल्ने क्रममा डुवेर बेपत्ता युवकको शव फेला

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१३ बाटुली खोलास्थित पोखरीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीले असार ९ गते फेला पारेको छ ।

बाग्लुङ्ग जिल्लाको काठखोला गाउँपालिका–३ भन्जादेउराली घर भई भरतपुर महानगरपालिका–८ बस्ने २७ वर्षिय सुजन घर्ती पौडी खेल्ने क्रममा आइतबार दिउँसो ३ः०० बजे पोखरीमा डुवेका थिए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट खटिएको विपद् व्यवस्थापनसहितको फौजले उनको शव पोखरीबाट बाहिर निकालेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =