विश्व बैंकको ८० मिलियन अमेरिकन डलर स्वीकार गर्ने सरकारको निर्णय
मकालु खबर
२०८१ असार ७ गते
मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकन डलर बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
त्यसैगरी स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा पछिल्लो पटक गएको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण लागि बेलायतबाट प्राप्त हुने थप ८.१ मिलियन पाउन्डस्टर्लिग बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मकालु खबर
२०८१ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित