मकालुखबर समाचार प्रभाव : सीताले पाइन खाद्यान्न र आर्थिक सहयोग

काठमाडौं । तनहुँको भानु नगरपालिका वडा नम्बर ९ बडहरेकी बेसहारा सीता थापालाई खाद्यान्न र आर्थिक सहयोग गरिएको छ ।
वडा नम्बर ९ र इन्द्रेणी कम्प्युटर इन्स्टिच्युटले थापालाई खाद्यान्न र आर्थिक सहयोग गरेको हो ।
उनलाई ५ हजार बराबरको खाद्यान्न र ५ हजार नगद आर्थिक हस्तान्तरण गरिएको वडाध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।
कम्प्युटर तालिम समापन कार्यक्रममा सीतालाई उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
सीताको बिचल्ली अवस्थाबारे मकालु खबरले असार ६ गते बेसहारा सिताको कष्टकर जीवन : छोराछोरी अपाङ्ग, श्रीमान् जेलमा शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
त्यसपछि उनलाई वडा कार्यालय र सहयोगी व्यक्तिहरूले सहयोग गर्ने क्रम सुरु भएको छ ।
बेसहारा सीता अपाङ्ग छोरीसँग जिन्दगी कटाइरहेकी छन् । उनले जन्माएका ८ सन्तान जन्मजात नै अपाङ्ग जन्मिएपछि उनको जीवन कष्टकर रूपमा बितिरहेको छ ।










Are waa man xoyo