हामीले पर्यटकहरूलाई हाम्रो खानेकुरा खुवाउनुपर्छ : इन्दिरा राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले रैथाने खाद्यान्नहरूको प्रवर्धन गर्न आवश्यक रहेको बताएकी छन् ।

बिहीबार काठमाडौंमा ग्यास्ट्रोनोमी टुरिजम एसोसिएसन अफ नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले जलवायु परिवर्तनका कारण रैथाने बालीहरू मासिँदै गएको बताइन् ।

उनले आधुनिकतामा बढी रुमल्लिँदा स्थानीय रहनसहन, चालचलन र संस्कृति लोप हुँदै गएको बताइन् । उनले नेपाल आउने पर्यटकहरूलाई स्थानीय खानेकुराहरूले स्वागत गर्नुपर्ने बताइन् । उनले स्थानीय खानेकुराको प्रवर्द्धनमा सरकार, निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताइन् ।

उनले भने ‘अहिले आधुनिकतामा ढल्किने हिसाबले विभिन्न रोगहरू निम्त्याइरहेका छौँ । हामीमा भएका कयौँ रैथाने पौष्टिक आहाराहरूलाई हामीले बिर्सिरहेका छौँ । सरकारले रैथाने खानेकुरालाई प्रवर्धन गर्नुपर्छ । हाम्रा हिमाल र पहाडहरूमा रैथाने खानेकुरा उत्पादन हुन्थ्यो, आज जलवायु परिवर्तने स्थानीय खानेकुरा लोप भइरहेका छन् । हामीले पर्यटकहरूलाई हाम्रो खानेकुरा खुवाउनुपर्छ । हामीले कसरी त्यहाँका स्थानीय खानेकुराको उत्पादन वृद्धिका लागि एउटा छलफलबाट कानुन बनाइ कार्यान्वयन गर्न आवश्यक छ ।’

कार्यक्रममा बोल्दै होटल संघका अध्यक्ष विनायक शाहले ग्यास्टोनोमि टुरिजमको विकास गर्न आवश्यक रहेको बताए । उनले रैथाने खानेकुराको प्रवर्धन गरे मात्रै स्थानीय बालीहरूको संरक्षण गर्न सकिने बताए । उनले नेपालमा हाल झन्डै ५ हजार होटलहरुले रैथाने खानेकुराहरूको प्रवर्धन गरिरहेको बताए ।

उनले भने ‘ग्यास्टोनोमि टुरिजमको विकास गर्नुपर्छ । रैथाने खानेकुराको प्रवर्धन गर्नुपर्छ । झन्डै ५ हजार होटलहरु रैथाने खानेकुराको प्रवर्द्धनमा लागेका छौँ । हामी सबै मिलेर अघि बढ्नुपर्छ, हामी सहकार्य गर्न तयार छौँ ।’

अध्यक्ष शाहले नेपालले पर्यटन दशक घोषणा गरेको भन्दै आफूहरू पर्यटन वृद्धिका लागि सहकार्य गर्न तयार रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =