नक्कली ब्लुबुक बनाएको आरोपमा ४ जना पक्राउ

सवारी दर्ता प्रमाण पत्र ‘ब्लुकुक’ नक्कली बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी घर भएका ३८ वर्षीय विरेन्द्र सिंह साउद, चितवन घर भएका ३८ वर्षीय मनोज कुमार सुनार बराली, रामेछापका शान्त कुमार मगर र डोटी घर भएका ३२ वर्षीय पवन सिंह छन् ।

आरोपीहरूले एभरेष्ट बैंकका ऋणी गजेन्द्र लोहनी विश्वकर्माको नाममा भएको बा.२० च ६४६७ नम्बरको ब्रेजा कार र भक्तपुर घर भएका भरत त्वयनाको नाममा भएको बिएडी–०२४७ नम्बरको अल्टो कारको ब्लुबुक किर्ते गरेका हुन् ।

मनोज कुमार बरालीको नाम राखेर अल्टो कारको ब्लुक किर्ते गरेर उनीहरुले डिक राखेर ५ लाख लिएको अनुसन्धानबाट थाहा भएको छ।

ब्रेजा कार १५ लाखमा बेच्न खोजेपछि किन्न खोज्नेले शंका लागेर यातायात व्यवस्था कार्यालयमा बुझ्दा नक्कली पुष्टि भएको छ।

मनोज कुमार सुनार यसअघि पनि किर्ते मुद्दामा पक्राउ परेर ५ लाख धरौटीमा छुटेको अपराध रेकर्ड भेटिएको छ । उनीहरूलाई कानुनी कारबाहीका लागि जिल्ला पहरी परिसर जावलाखेलमा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =