‘सरकारले क्रसर उद्योग नवीकरण गरी व्यवसायीहरूका माग तत्काल सम्बोधन गर्नुपर्छ’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीहरूको माग तत्काल सम्बोधन गर्न माग गरेका छन ।

बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै चौधरीले यस्तो बताएका हुन् । उनले नेपाल क्रसर तथा खानी उद्योग महासंघले कानुनी रुपमा दर्ता भएका २०७७ को मापदण्डको कारण नवीकरण नभएका उद्योगीहरू नवीकरणको माग लिएर आन्दोलन गरिरहेको बताए ।

उनले सरकारले आन्दोलनरत उद्योगीहरूको माग तत्काल सम्बोधन गरी उद्योग नवीकरण गर्न माग गरे । उनले क्रसर उद्योगीहरूको आन्दोलनमा नेकपा (एकीकृत समाजवादी) पार्टी ऐक्यबद्धता रहेको समेत बताए । उनले सरकारले क्रसर उद्योगीहरूको माग सम्बोधन गरी सरकारले लिनु पर्ने कर, दस्तुर र शुल्क लिएर अनुमति दिने निकायले नवीकरण गरी सञ्चालनको लागि २०८० माघ ११ गतेको मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गराउन माग गरे ।

उनले गृह मन्त्रालयको रेकर्ड अनुसार वैध तथा अवैध गरी १ हजार २८१ वटा क्रसर उद्योगहरू सञ्चालनमा रहेको र ७ सय क्रसर उद्योगहरू साना तथा घरेलु उद्योगमा दर्ता रहेको बताए । उनले क्रसर उद्योगमा ५० हजार श्रमिकहरूले रोजगारीमा पाएको भन्दै सरकारले उद्योग नवीकरण नगर्दा ५० हजार श्रमिकको रोजगार समेत गुम्ने खतरा बढेको बताए । उनले क्रसर एउटा उद्योगमा ७ करोड बराबरको लगानी गरी मुलुकभर क्रसर उद्योगमा ८९ अर्ब ८१ करोड लगानी भएका उद्योगहरू अहिले बन्द अवस्थामा रहेको बताए ।

उनले लगानीकर्ताको घरखेत लिलामी हुने अवस्थामा पुगेको भन्दै सेटिङ गर्न जान्नेहरूको अवैध उद्योग पनि सञ्चालनमा रहेको बताए । उनले क्रसर उद्योग नवीकरण नहुनुमा प्रधानमन्त्री र गृहमन्त्रीको संग्लनता रहेको सोझो रुपमा देख्न सकिने बताए ।

उनले सरकारले आवश्यक नीति बनाएर क्रसर उद्योगीहरूको माग सम्बोधन गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =