कुकुरलाई निर्मम कुटपिट गरेर जिउँदै पुर्ने तीन जना पक्राउ

काठमाडौं । इलाममा कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरूलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

भिडियो बनाउने हेतुले ती युवकहरूले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ ।

‘कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको देखिन्छ,’ पशु कल्याण सङ्घकी अध्यक्ष स्नेहा श्रेष्ठले भनिन्, ‘यो हदसम्मको अपराध गर्नेहरूलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनैपर्छ ।’

नेपालको प्रचलित कानुनले कुनै पनि पशु प्राणीलाई निर्दयी व्यवहार गर्न, क्रूरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eighteen =