पानी नपरेपछि धनगढीमा गरियो भ्यागुताको बिहे

काठमाडौं । असार लाग्दा पनि पानी नपरेपछि धनगढीमा भ्यागुताको बिहे गरिएको छ ।

धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको गोठालो डेरीले पानी नपरेको भन्दै भ्यागुताको बिहे गरिदिएको हो ।

सोमबार बिहानै एक जोडी भ्यागुताको बिहे गराइएपछि अब पानी पर्ने विश्वास व्यक्त गरिएको छ ।

धनगढीमा पानी नपर्दा गर्मी बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =