झापामा एक महिला दुई बालक छोरासहित मृत फेला

काठमाडौं । झापामा एक महिला दुई बालक छोरासहित मृत फेला परेकी छन् ।

शिवसताक्षी नगरपालिका–३ भोटेपुलकी २५ वर्षीया अन्जली बेस्रा र उनका दुई छोरा आफ्नै घरमा मृत फेला परेका हुन् ।

घरभित्रै बेडमा उनिसंगै उनका छोराहरू ८ वर्षका विशाल बेस्रा र २ वर्षका आयुष बेस्रा पनि मृत फेला परेका जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

मृतक अन्जलीका पती रोजगारीका लागि कतारमा छन् । मृतक महिला सलले पासो लागेर घरभित्रै झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *