जुवाको खालबाट भीआइपीसहित २२ जना समातिए (नामसहित)

काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण माईतीनेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहराबाट २२ जनालाई पक्राउ गरिएको हो ।

जुवा खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जनालाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रूपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =