फिस्लिङ दुर्घटनाका घाइतेको पहिचान खुल्यो (नामसहित)

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक दुईवटा सवारी एकापसमा ठोक्किएर दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे१ख ४०६० नम्बरको यात्री बस र काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२-०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी घाइते भएकाहरूको पहिचान खुलेको छ । घाइते १३ जनामध्ये ३ जनाको अवस्था गम्भीर, ६ जना मध्यम छ भने ४ जना डिस्चार्ज भएका छन् ।

घाईतेहरु (कारमा सवार)
कास्कीको पोखरा उपमहानगरपालिका ५ का ३५ वर्षीय समीर ओझा गम्भीर
काठमाडौँ टोखा नगरपालिका ६ बस्ने २२ वर्षीय शेखर मिश्र गम्भीर
ललितपुर महानगरपालिका २४ बस्ने २१ वर्षीय सृजन ओझा गम्भीर
ललितपुर महानगरपालिका २४ बस्ने १७ वर्षीय सितल ओझा मध्यम
ललितपुर महानगरपालिका २४ बस्ने ३५ वर्षीया सरिता ओझा मध्यम

बसमा सवार घाइते
नवलपुर गैंडाकोटका ३८ वर्षीया दिलमाया विक
नवलपुर गैंडाकोटका १९ वर्षीया परिका सुनार
बाँके कोहलपुर १२ का ४८ वर्षीय धिरेन्द्र बहादुर केसी
बर्दिया बाँसगढी नगरपालिका ९ का ४८ वर्षीय रामकृष्ण थारु

उपचारपश्चात् डिस्चार्ज भएका (बसमा सवार)
बर्दिया नगरपालिका १२ बन्जाईका ३० वर्षीय थिर बहादुर केसी
बर्दिया नगरपालिका ८ का ४८ वर्षीय दरु बहादुर शाही
बर्दिया नगरपालिका ९ का ४८ वर्षीय रामकिरण थारु
बर्दिया नगरपालिका ९ का ३४ वर्षीय बलबहादुर चोधरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =