सिंहदरबारका क्यान्टिनबाट बालेनको टोलीले गर्यो बालबालिकाको उद्धार

काठमाडौं महानगरपालिकाको टोलीले सिंहदरबारभित्र रहेको क्यान्टिनबाट बालबालिकाको उद्धार गरेको छ।

महानगरीय प्रहरीको टोलीले बुधबार सिंहदरबारभित्र रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको क्यान्टिनमा कार्यरत तीन जना बालबालिकालाई उद्धार गरेको हो।

बालबालिकाको उद्धार गर्न मेयर बालेनले सिंहदरबारमा नगर प्रहरीको टोली पठाएका थिए।

पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना निकालेको थियो। तर पनि धेरै ठाउँमा बालश्रम गराइरहेको पाएपछि महानगरले बालबालिकको उद्धार अभियान चलाएको छ।

यसअघि महानगरले अन्य ठाउँमा पनि श्रममा लगाएका बालबालिकालाई उद्धार गरेको थियो। उद्धार गरेका बालबालिकालाई मानव सेवा आश्रमा राखिँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =