काठमाडौँमा अत्यधिक गर्मी, मनसुन भित्रिन अझै ३ दिन लाग्ने

काठमाण्डौ उपत्यकामा गर्मी अत्याधीक बढेको छ । बितेका ३० वर्षको तथ्याङ्कको आधारमा यो महिना काठमाण्डौको सरदर अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ।

गएका दुई दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा ३४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

गएको वर्षको जुन १० तारिखमा काठमाण्डौको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस थियो ।

यसैबीच गत सोमवार कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुन शनिबारसम्ममा काठमाण्डौ उपत्यकामा आइपुग्ने भएको छ ।

मनसुन शनिवारसम्ममा काठमाण्डौ उपत्यका आइपुग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मनसुन पूर्वी नेपालबाट भित्रिएर झन्डै एक हप्तामा देशभर फैलन्छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाण्डौ उपत्यकामा आज सामान्य बादल लागे पनि पानी पर्ने सम्भावना भने निकै कम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =