रवि लामिछानेविरुद्ध रिटको पेशी शर्मा र श्रेष्ठको इजलासमा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध परेमा रिटको पेसी तोकिएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको हो ।

गत जेठ २० गते आइतबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गरेर परेको रिटमा कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाएको थियो ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि दुवै जनालाई उपस्थित भनिएको हो ।

गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएको र गृहमन्त्रीकै हैसियतमा लामिछाने रहेमा अनुसन्धान प्रभावित हुने भन्दै उनको पदमुक्त हुनुपर्ने मागसहितको अधिवक्ता भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता नभएको भन्दै सार्वजनिक भएको पत्र गैरकानुनी रहेको भन्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =