कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउने तयारी थालिसकेको छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रका समस्या समाधान गर्दै आगामी चुनावमा बहुमत ल्याउने गरी तयारीमा लागिसकेको बताएका छन्।

शुक्रबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा निधिले पार्टीभित्रको वितृष्णा हटाउँदै असन्तुष्टि र असहमतिलाई मिलाउन देशभर छलफल र भेटघाट थालिएको जानकारी दिए।

‘पार्टीभित्रको समस्या समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ’, निधिले अगाडि भने। पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारका आधारमा समाधान गर्नुपर्ने उनले बताए।

निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूका कारण राष्ट्रिय राजनीतिमा समस्या आइरहेको बताए। यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरे पनि टिक्न नसकेको उनले बताए ।

पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि दाहाल त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =