सन्दीपलाई अमेरिकाले भिसा नदिएको विषयमा संसद्‌मा कांग्रेसले गरायो ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विश्वकप खेल्न सन्दीप लामिछानेलाई पठाउने गरी भिसा मिलाउन सरकारले नसकेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिभा बैठकमा महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले आपत्ति जनाएका हुन् ।

अदालतले सफाइ दिइसकेपछि उनलाई सरकारले भिसाको पहल गर्न कमजारी गरेको शर्माले बताए । ‘सम्मानित अदालतले निर्दोष सावित गरेपछि यस बेला सन्दीप लामिछाने हाम्रो प्रतिनिधित्व गरेर मैदानमा खेलेको हुनुपर्थ्योे,’ उनले भने, ‘उनको भिसाका लागि सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो, यसमा कमजोरी कहाँ किन भयो ? खेलकुद, परराष्ट् र समग्र सरकारको यसबारे ध्यानाकर्षण गराउँछौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =