बजेट गठबन्धनको संकल्पसँग तालमेल भएर आएन : ठाकुर गैरे

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरे बजेटमा साझा न्युनतम संकल्पसँग मेल नखाएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

उनले सत्तारुढ दलले सार्वजनिक गरेको साझा संकल्प,कार्यक्रम, समझदारी,नीति सिद्धान्त र बजेटबीच तालमेल र लय नमिल्ने बजेट आएको टिप्पणी गरे ।

‘सत्तारुढ दलहरुसँग भएको साझा न्युनतम कार्यक्रम समझदारी,नीति सिद्धान्त कार्यक्रम र बजेटको बीचमा सुर, ताल र लय मिल्नुपर्ने त्यसमा खड्कीको महशुस भएको छ उनले भने,‘बजेट निर्माणको परम्परागत प्रवृति अहिलेसम्म पनि कायम छ ।’

उनले बजेट निर्माणको परम्परागत प्रवृत्ति अहिलेसम्म पनि कायम रहेको बताए । उनले प्रतिपक्षले बजेटलाई निहुँ मनाएर सरकार ढाल्न सकिन्छ की भनेर बिरोधका लागि बिरोध गर्ने,सत्तापक्षमा रहेका कारण अतिरञ्जनापूर्ण समर्थन गर्ने र दाबेदारी गर्ने दुवै प्रवृत्ति गलत रहेको बताए ।

उनले आलोचनात्मक ढङ्गले प्रश्तुत हुँदा सही सुझावहरु दिँदा र सुझाव स्वीकार गर्दा अर्थमन्त्री र सरकार कमजोर नभएर अझ बलियो र जनप्रिय बन्ने उल्लेख गरे ।

‘प्रतिपक्षले बजेटलाई निउ मनाएर सरकार ढाल्न सकिन्छ की भनेर विरोधका लागि बिरोध गर्ने,सत्तापक्षमा रहेका कारण अतिरञ्जनापूर्ण समर्थन गर्ने दुवै प्रवृत्ति गलत कुरा हो’उनले भने,‘आलोचनात्मक ढङ्गले प्रश्तुत हुँदा सही सुझावहरु दिँदा र सुझाव स्वीकार गर्दा अर्थमन्त्री र सरकार कमजोर हुने होइन अझ बलियो र जनप्रिय बन्छ भनेर जान जरुरी छ । बजेटमा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृतिको अन्त्य गर्न आवश्यक रहेको छ ।’

उनले बजेटमा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताए ।

उनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र संयमित भएपनि कार्यान्वयनमा चुनौति रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =