सरस्वतिनगरमा एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, श्रीमती र ३ छोरी घाइते

काठमाडौं । काठमाडौंको सरस्वतिनगरमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् ।

५५ वर्षीय चञ्चल बहादुर सिंहले श्रीमतीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाएका हुन् ।

उनले अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीसँग झगडा गरेका थिए । त्यसपछि उनले घरमै रहेको पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले मकालुखबरलाई जानकारी दिए ।

आगो लगाए पश्त्यायत उनीसँगै उनको परिवारका अन्य ५ सदस्य समेत घाइते भएका छन् ।

घाइतेको तत्काल उपचारको लागि चाबहिल स्थित हेल्पिङ हेण्डस् अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुर स्थित बोर्न अस्पतालमा उनिहरुको उपचार भइरहेको छ ।

चञ्चलसँगै घाइते हुनेमा उनकी ४४ बर्षीया श्रीमती बिन्दु सिंह, २४ बर्षीया जेठी छोरी सुप्रिया सिंह, माइली छोरी १६ बर्षीया समृद्धि सिंह र कान्छी छोरी ८ बर्षीया सुहानी सिंह रहेका छन् ।

१६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको छ । अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =