छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । उदयपुर, त्रियुगा नगरपालिका–१ फुलजोरस्थित सडकमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा बेलका नगरपालिका–१ बस्ने ३० वर्षीय रबिन श्रेष्ठ र त्रियुगा नगरपालिका–३ बस्ने २४ वर्षीया हिरा राई रहेका छन् । प्र.१
०२–००१ ख ८५१४ नम्बरको टिपर र प्र.१–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार उनीहरूको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै बर्दिया, बाँसगढी नगरपालिका–३ लखनाचोकस्थित सडकमा लुम्बिनी प्रदेश ०३०० १ ख ००३८ नम्बरको हाइस गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–७ डेउढाकला बस्ने ६५ वर्षीय गाडुल थारूको मंगलबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








