इटहरीमा सडकको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोग

काठमाडौँ । इटहरीमा ‘रोड वासर कम स्प्रिङकलर’ को प्रयोग गरी सडकको धुलो पखालिएको छ ।

इटहरी उपमहानगरपालिकाले ‘रोड वासर कम स्प्रिङकलर’ को प्रयोग गरि पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखालेको हो ।

इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार सहरलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि उक्त साधन खरिद गरिएको हो ।

उनले सडकको किनारामा रोपिएका बिरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नसमेत ‘रोड वासर कम स्प्रिङकलर’ को प्रयोग गरिने बताए ।

इटहरी उपमहानगरले ६५ लाखमा ‘रोड वासर कम स्प्रिङकलर खरिद गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =