रतुवा खोलाले जिप बगायाे, २ जनाको मृत्यु

इलामका चुलाचुली गाउँपालिका ५ स्थित रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो ।

जिपमा सवार २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले बताए। भेटिएको शव एक जना बच्चा र एक जना महिलाको रहेको प्रहरीले जानकारी दिएको छ।

जिपमा ६ जना सवार रहेको प्रारम्भिक जानकारी आएको पनि एसपी ढकालले बताए।

उनका अनुसार चार जनाको भने उद्धार भइसकेको छ। एक जना महिलालाई अस्पताल लगेको र तीन जना शकुशल बाहिर निस्कन सफल भएका छन्।

जिप खोलाबाट प्रहरीले निकाल्ने प्रयास गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + ten =