सामाजिक सञ्जालमार्फत् झन्डै १७ लाख ठग्ने २१ वर्षीय वीरबल
२०८१ जेठ २१ गते

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत कुरा गरेर विदेशबाट लाखौँ डलर पठाएको छु भनेर ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर-९ घर भएर मित्रनगर बस्ने २१ वर्षीय वीरबल घर्तीमगर छन् । घर्तीमगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
३ जना पीडितबाट उनले १६ लाख ६२ हजार रकम ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।
२०८१ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित








