यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ गृहकार्य भइरहेको बताएका छन् ।

आईतवार गोरखापत्र संस्थानले गरेको फोटो प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री तामाङले सन् २०२४ मा १६ लाख पर्यटक भित्राउने लक्ष्यका साथ गृहकार्य भइरहेको बताएका हुन् ।

उनले साहसिक पर्यटकलाई आकर्षित गर्ने सोच बनाएको बताए । त्यस्तै धार्मिक तथा सांस्कृतिक पर्यटकलाई पनि आर्कषित गर्ने सरकारको सोच रहेको उनले बताए ।

उनले पर्यटकहरुको वृद्धि गर्न हवाई सेवालाई सुलभ, सरल र प्रभावकारी बनाउनुपर्ने अवस्था रहेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यान रहेको बताए ।

उनले धार्मिक पर्यटन क्षेत्रमा पर्यटकलाई बढीभन्दा बढी समय बिताउनका लागि थपप सुविधाहरुको विकास गर्ने कुरामा पनि सरकारले सोचेको बताए ।

मन्त्री तामाङले पर्यटनको विकासको लागि विभिन्न लक्ष्य निर्धारण गरेपनि कार्यक्रमिक रुपरेखा बनाउन भने बाँकी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 17 =