घरभित्रै पसेको सर्पले टोक्दा १६ वर्षीया सुनिताको मृत्यु

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका- ४ आोडीगाउँमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ ।

लटिनाथ नमुना मावि चौपातामा कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रा सुनिता गिरीलाई दिउँसो खाना खाएर सुतिरहेको बेला घरभित्रै सर्पले टोकेको थियो ।

उनको बेलुकी ७ बजेतिर ज्यान गएको लटिनाथ आवि आोडिगाउँका शिक्षक सोवी गिरीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =