मनाङ घुम्न गएका ललितपुरका प्रकाश गोरखाली सम्पर्कविहीन
२०८१ जेठ १९ गते

प्रतिकात्मक तस्बिर
काठमाडौं । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली १६ जेठ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।
तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९, बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । सँगै रहेका अन्य तीन जनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ । ‘ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ,’ प्रजिअ लामिछानेले भने ।
२०८१ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित








