जो मापासे गरेको कारबाही चर्को घाममा उभिएर भोगिरहेका छन्… (तस्बिरहरु)

काठमाडौँ । अहिले काठमाडौंका विभिन्न स्थानमा ट्राफिक स्वयंसेवक देखिन्छन् ।

मादक पदार्थ सेवन गरेर सवारी चलाएबापत कारबाहीमा उनीहरू चोक चोकमा बसेर आफ्नो जिम्मेवारी निभाइरहेका छन् ।

गणतन्त्र दिवसका दिन (जेठ १५ गते) उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कारबाहीमा परेकालाई सडकमा खटाउने घोषणा गरेका थिए । त्यसपछि ट्राफिक प्रहरीले त्यो घोषणाको कार्यान्वयन गरेको हो ।

महिला, पुरुष, युवाहरू पनि स्वयंसेवकमा खटाइएको देख्न सकिन्छ । यसरी विभिन्न चोकहरूमा यसरी खटाइएता पनि उनीहरुले ट्राफिक प्रहरीलाई सघाएको भने देखिँदैन ।

उनीहरुले गर्दा सवारी आवागमनमा र यात्रुहरूमा समेत असहजता देखिन्छ, भने चर्को घाममा विभिन्न स्थानहरूमा उनीहरु उभिनु बाहेक अरु उपलब्धि देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *