सिन्धुली बस दुर्घटनामा बैंकका २५ जना कर्मचारी घाइते
२०८१ जेठ १७ गते

बैंकका कर्मचारी सवार पर्यटक बस बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा बिहीबार दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस वाग्मती प्रदेश ०१० प ०१ – १७३२ पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकालाई स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा पठाइएको छ । गम्भीर घाइतेलाई धुलिखेल अस्पताल पठाइएको छ । घाइतेहरु सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
कर्मचारीहरु बर्दिवासमा तालिममा सहभागी भएर फर्किंदै थिए ।
२०८१ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित








