नेपाल प्रहरीका चार डीआईजीको पदस्थापन, तीनको सरुवा
२०८१ जेठ १६ गते

गृहमन्त्रालयले चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को पदस्थापना गरेको छ। गृहमन्त्री रवि लामिछानेले मन्त्रिस्तरीय निर्णयबाट डीआईजीहरुको पदस्थापना गरेका हुन्।
बढुवा भएका डीआईजीहरुमध्ये प्रहरीको केन्द्रीय प्रवक्ता रहेका दानबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा जिम्मेवारी दिइएको छ।
कृष्णहरि शर्मा रानीपोखरीमा, विशेष ब्यूरोमा मनोजकुमार केसी र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राजन अधिकारीलाई पदस्थापन गरिएको छ।
यस्तै तीन जना डीआईजीको सरुवा पनि गरिएको छ कर्णाली प्रदेश प्रमुखमा अर्जुन चन्द ठकुरी सरुवा भएका छन्।

२०८१ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








