देउवा निवासमा प्रतिपक्षीको बैठक, माधव नेपाल पनि सहभागी
२०८१ जेठ १६ गते

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलको बैठक राखेका छन्।
बूढानीलकण्ठमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन्। उनी सांसद मेटमणि चौधरीलाई लिएर बूढानीलकण्ठ पुगेको स्रोतले जानकारी दिएको छ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागी छन्। उनी भने अलिक चाँडै निस्किएका छन्।
लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरसँगै माधव नेपाल पनि बैठकबाट बाहिरिएका छन्।
पछिल्लो समय माधव नेपाल सत्ता समीकरणसँग असन्तुष्ट छन्। प्रतिपक्षी नेताहरूको बैठकमा नेपाल पनि सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ।
२०८१ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








