सामाजिक सुरक्षा र स्वास्थ्य बीमाबीचको दोहोरोपना हटाइने

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि रु सात अर्ब ५० करोड विनियोजन गरेको छ ।

आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ का लागि प्रस्तुत गरेको बजेटमा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोरोपना हटाइने जानकारी दिए ।

मन्त्री पुनले स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गरिनेसमेत जानकारी दिए ।

सरकारले आयुर्वेदिक, प्राकृतिक चिकित्सा, योग, होमियोप्याथी, यूनानी, अक्यूपङचरलगायत वैकल्पिक उपचार पद्धति विस्तारका लागि २४ करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *