जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन

काठमाडौँ । कृषि उत्पादन वृद्धि गर्न आगामी वर्ष कुल १५ हजार ५ सय ७१ हेक्टर जमिनमा सिंचाई सेवा बिस्तार गर्ने सरकारको घोषणा गरेको छ ।

मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो घोषणा गरेका हुन् । उनले जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन गरेको बताए ।

उनले रानी जमरा सिंचाई अन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टरमा शाखा नहर बनाएर सिंचाई सुविधा र बिस्तार गरिने बताए । उनले यो आयोजनाको लागि २ अर्ब ८७ करोड विनियोजन गरेको उल्लेख गरे । उनले मध्ये तराईका पाँच जिल्लामा ५ लाख २२ हजार हेक्टर जमिनमा भरपर्दा सिंचाई सुविधा पुराउन सुनकोसी मरिण सिंचाई आयोजनाको हेडवक्स पावर हाउस निर्माण गर्न ३ अर्ब १२ करोड बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *