सानेपामा बाइक अनियन्त्रित भई पल्टिदा २४ वर्षीय घिसिङको मृत्यु
२०८१ जेठ १५ गते

फाइल फोटो
काठमाडौं । ललितपुरको सानेपामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन् ।
बल्खुबाट धोबिघाटतर्फ जाँदै गरेको बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल आज बिहान ५ बजे अनियन्त्रित भई पल्टिँदा रामेछापको मन्थली नगरपालिका-६ का २४ वर्षीय विजय घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो मोटरसाइकलको पछाडि सवार २६ वर्षीय सञ्जय घिसिङ घाइते छन् । उनको सानेपाको स्टार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२०८१ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








