चट्याङ लागेर बाँकेमा १ जनाको मृत्यु, घाइते ३ जनाको अवस्था सामान्य
२०८१ जेठ १४ गते

बाँके । राप्तिसोनारी गाउँपालिका–८ खल्ला गाउँ बस्ने ४० वर्षीय पुतला खत्रीको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
पुतलासमेत ४ जना सोही ठाउँस्थित घण्टेश्वरी सामुदायिक बनमा बाख्रा चराउन गएको अवस्थामा अचानक चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएका अन्य ३ जनाको स्थानीय झलक मेडिकल जिरो बजार शम्शेरगंजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८१ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








