जबरजस्ती करणी गरेको अभियोगमा २७ वर्षीय महतो पक्राउ

पाल्पा । रम्भा गाउँपालिका–५ स्थित होटलमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय मुकेश महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मुकेशले ती महिलालाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताँहु र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =